सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढाउन बालेनको आग्रह

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन्। बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
उनले अविलम्ब चुनावी सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने जेन-जीबिच सहमति हुन नसकेका जला बालेनको यस्तो धारणा आएको हो। 

सुझावित समाचार