नयाँ सरकार गठनका लागि छलफलमा जेन-जी

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

नयाँ सरकार गठनका लागि जेनजी पुस्ताले छलफल र परामर्श अघि बढाएका छन्। समाजमा निष्पक्ष छवि भएको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनेबारे उनीहरुले भर्चुअल माध्यमबाट छलफल थालेका छ्न।

नयाँ सरकारको नेतृत्वका लागि धेरैले पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको प्रस्ताव गरेका छन्। यद्यपी यस विषयमा आधिकारिक निर्णय उनीहरुले सार्वजनिक गरेका छैनन्।जेनजीका प्रतिनिधिहरुबिच नै कस्तो व्यक्तिको नेतृत्वमा अघि बढ्ने भन्ने विषयमा एकमत भइनसकेको सैनिक स्रोत बताउँछ । 

नेपाली सेनाको समन्वयमा संवादका लागि पहल भइरहेको छ । सेनाले सैनिक मुख्यालयमा जेनजीको प्रतिनिधिसँग विभिन्न विकल्पमा छलफल गरिरहेको छ। 

सुझावित समाचार