मन्त्रीहरूलाई सुरक्षित स्थानामा लैजान भैँसेपाटीस्थित मन्त्री निवासमा सैनिक हेलिकोप्टर

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

भैँसेपाटीस्थित मन्त्री तथा मुख्यमन्त्रीहरूको निवासमा सैनिक हेलिकोप्टर पठाइएको छ । त्यहाँ रहेका मन्त्रीहरू बाहिर निस्कन सक्ने अवस्था नभएपछि हेलिकोप्टर पठाइएको हो। सुरक्षा स्रोतका अनुसार मन्त्रीनिवास पनि असुरक्षित भएपछि उद्धारका लागि हेलिकोप्टर स्ट्यान्डबाई राखिएको हो । सो क्षेत्रमा पनि प्रदर्शनकारीले आगजनी गर्न थालेका छन्। 

सोमबारको आन्दोलनमा भएको दमनविरुद्ध मंगलबार देशभरि आन्दोलन चर्किएको छ। भिआइपीहरूको घरसमेत तोडफोड भएपछि सुरक्षा निकाय उनीहरूको सुरक्षामा केन्द्रित भएको छ। 
 

सुझावित समाचार