पोखरामा ‘जेन जी’ को प्रर्दशन चर्कियो,गोली लागेर एक घाईते

पोखराका केही क्षेत्र तोकेर निषेधाज्ञा जारी

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कस्ले गर्ने’ भन्ने नारा सहित ‘जेन जी’ का युवा पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धका विरुद्ध पोखरामा सोमबार गरेको प्रर्दशन चर्किएको छ ।

पोरखेली युवाहरु नाम दिएर ‘जेन जी’ का युवा पुस्ताले पोखराको मुख्य बजार मध्येको एक न्युरोडस्थित सभागृह चोकबाट सुरु गरेको प्रर्दशन पोखराको रत्नचोकमा पुगेपछि नियन्त्रण बाहिर गएको हो । 

सभागृह चोकबाट सुरु भएको प्रर्दशन चिप्लेढुङा, सृजनाचोक, रत्नचोक हुदै राष्ट्रबैक चोक पुगेको थियो । त्यसपछि पुनः रत्नचोक आएको प्रर्दशन मुख्यमन्त्री कार्यालय जाने बाटोमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रर्दशनकारी बिच भिडन्त भएको थियो । 

सोही क्रममा मुख्यमन्त्री कार्यालय अघि प्रहरीले गोली चलाउँदा एक जना घाईते भएका छन् । गोली लागि घाईते हुनेमा २८ वर्षका दिवस गुरुङ रहेका छन् । यस बारेमा प्रहरीले भने औपचारीक जानकारी दिएको छै्रन् । गोली लागेर घाईते भएका उनी सगै ५/६ जना र तीन जना प्रहरी घाईते भएका छन् । 

सुझावित समाचार