९० किलो गाँजासहित धादिङबाट दुईजना पक्राउ

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

धादिङको गजुरी गाउँपालिका– २ बाट अवैध लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ९० किलो ६४० ग्राम गाँजासहित गएराति उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका– ९, खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका– १४, बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन्।

चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे.१च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार