बैंक घोटाला प्रकरणका फरार प्रतिवादी पक्राउ

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

प्रहरीले एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानरपालिका– १४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् ।

फरार रहेका उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी )ले पक्राउ गरेको हो।

दुईमध्ये प्रधानविरुद्ध नाै करोड २१ लाख ५० हजार जरिवाना र सात वर्ष कैद सजाय भएको थियो भने श्रेष्ठविरुद्ध दुई करोड ५० लाख रूपैयाँ  र तीन वर्ष कैद सजाय भएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । सिआइबीका अनुसार बैंकको घोटाला प्रकरण ०६९ सालमा सार्वजनिक भएको थियो।

सुझावित समाचार