सुनको मूल्य तोलामा दुई लाख १० हजार नाघ्यो

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला  दुई लाख सात हजार नाै सय कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर  दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु. दुई हजार ४८० कायम भएको थियो ।

सुझावित समाचार