संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा टेबुल

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

संघीय राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा टेबुल भएको छ ।

बुधबार बसेको सभाको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।

यही भदौ १७ गते राष्ट्रिय सभाले यो विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाबाट गत असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

राष्ट्रिय सभाबाट समेत पारित भएर पुनः प्रतिनिधिसभामा आएको हो ।

राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा टेबुल भएपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागू हुन्छ ।

सुझावित समाचार