अहिलेको सरकार कानुन र संविधान केही पनि मान्दैन : सांसद मोदी

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अहिलेको सरकारले संविधान र कानुन नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद मोदीले जे गर्दा पनि सबै वैधानिक हुन्छ भनेर सरकार अगाडि बढिरहेको बताए ।

उनले सरकारलाई समर्थन गरेका राजनीतिक दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र  विश्वासको मत लिनुपर्न प्रावधानअनुसार  सरकारले त्यो नगरेको भन्दै आक्रोश व्यक्त गरे । संसद्लाई गुमनाम राखेर संसद् सचिवालयले सरकारसँग दुईतिहाइ बहुमत छ भनेर अदालतलाई चिठी लेख्न मिल्छ ? भनेर प्रश्न गरे ।

उनले सरकारको स्वेच्छाचारीमा संसद्ले समर्थन गर्न नहुने बताए । 
 

सुझावित समाचार