नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेड बैंक तथा बित्तीय संस्थाहरूलाई इण्डियन चेम्बर अफ कमर्सले प्रदान गर्ने बाणिज्य बैंकतर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ।

बैंकले बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट ब्यांक र बेस्ट पर्फमेन्स अन एसेट्स क्वालिटी बिधामा उक्त सम्मान प्राप्त गरेको हो। भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए।

यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिएको बैंकको दाबी छ।

नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

सुझावित समाचार