एसइई उत्तीर्ण छात्रालाई साइकल उपहार

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चन्डी मुरारका माध्यमिक विद्यालयबाट हालै एसइई उत्तीर्ण गरेका २० छात्रालाई नेपाल–भारत मैत्री युवा संघको तर्फबाट मंगलबार  साइकल प्रदान गरिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख देवी सहाय मीनाको प्रमुख आतिथ्यमा एक समारोह आयोजना गर्दै साइकल प्रदान गरिएको हो ।

प्रमुख अतिथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख  सहायले छोरीहरूलाई साइकल उपलब्ध गराउन पाउँदा अत्यन्त खुसी लागेको बताए।  उनले अवसर पाए छोरीले परिवार, समाज र देशलाई नै गौरवान्वित बनाउन सक्ने भएकाले उच्च शिक्षा हासिल गर्ने उनलाई विद्यायल र कलेज पुग्न सहज होस् भनेर सानो कोसेली प्रदान गरिएको बताए । 

यता नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय  महासचिव कृष्णा सिंहले यो सुरुवात मात्र भएको बताउँदै भविष्यमा विद्यालयसँग मिलेर थप योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘पढ़ेगी बेटी तो बढ़ेगी बेटी’ भन्ने नारासहित उडान परियोजनाअन्तर्गत साइकल वितरण गरिएको नेपाल–भारत मैत्री युवा संघका जिल्ला अध्यक्ष जितेन्द्रकुमार सिंहले बताए । उडान कार्यक्रमअन्तर्गत जलेश्वरकै महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय र जानकी परीक्षण माविसमेतमा उत्तीर्ण छात्राहरूलाई साइकल प्रदान गरिएको हो । 

सुझावित समाचार