चक्रपथमा बससहित निजी विद्यालय सञ्चालकको र्‍याली (तस्बिरहरू)

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुलबसको र्‍याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालयबससहित प्रदर्शन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन्।

यसैक्रममा प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयहरूका पहेँला बसहरू लस्कर लागेका छन् । उनीहरूको प्रदर्शनले कुनै–कुनै ठाउँमा अन्य यातायातका साधनलाई समस्या पारेको थियो ।

सुझावित समाचार