नेप्से ३१.१७ अंकले घट्यो, ६ अर्ब ६ करोडको कारोबार

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण

आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनीका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको सेयरमा गिरावट आएको छ ।  

आज सबैभन्दा बढी उन्नति सहकार्य लघुवित्तको सेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले बढेको छ । 

त्यस्तै, आज ग्लोबल आइएमई समुन्नत योजना- २ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज नेपाल रिइन्सुरेन्सको सबैभन्दा बढी ४५ करोड ४६ लाखबराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाखबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

See More On

सुझावित समाचार