नेपाललाई ग्रे लिस्टबाट चाँडै बाहिर ल्याउँछौँ : अर्थमन्त्री

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन् । राष्ट्रिय सभामा सांसदहरूसँगको सवाल–जवाफमा उनले यस्तो बताएका हुन् ।

‘ग्रे लिस्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ । हामी ग्रे लिस्टबाट बाहिर निस्कने मात्र होइन, फेरि कहिल्यै ग्रे लिस्टमा नपर्ने गरी कामकारबाही अघि बढाइरहेका छौँ । यसका नतिजाहरू क्रमश: आउनेछन्,’ उनले भने । अर्थमन्त्री पौडेलले दुई वर्षअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने दाबी गरे । 

सुझावित समाचार