नतिजा दिने गरी काम गर्न मन्त्री अधिकारीको निर्देशन

बुधबार, ११ भदौ, २०८२
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अपेक्षाकृत नतिजा आउन नसकेको भन्दै मातहतका निकायलाई जनताले अनुभूत गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयमातहतका विभिन्न निकायसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले सरकारको पहिलो प्राथमिकता भूमि प्रशासन र सहकारी क्षेत्रको दिगो विकास रहेको उल्लेख गरे । सहकारी क्षेत्रमा सर्वसाधारणको बचत रकम फिर्ता गरेर सहकारीलाई पुरानै लयमा फर्काउन र भूमिहीन, दलित, किसान र अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । 

कार्यक्रममा कार्यसम्पादन सम्झौता गर्दै राष्ट्रिय भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाललाई तत्काल पाँच लाखभन्दा बढी लालपुर्जा बाँड्ने वातावरण बनाउन निर्देशन दिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमसँग मन्त्री अधिकारीले सर्वसाधारणको बचत रकम फिर्ताको विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

मन्त्री अधिकारीले राष्ट्रिय भूमि समस्या समाधान आयोगका अध्यक्षसँग सातबुँदे, सहकारी नियमन प्राधिकरणका अध्यक्षसँग १० बुँदे र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसँग १६ बुँदे कार्यसम्पादन सम्झौता गरेका छन् । 

सुझावित समाचार