राष्ट्रिय वाणिज्य बैंकले घर किन्न पाँच करोडसम्म कर्जा दिने

मंगलबार, १० भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलक्षित विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले घरकर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा पाँच करोडसम्म प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी, विद्युतीय सवारीसाधन खरिद गर्न सात वर्ष अवधिको ६.१० प्रतिशत ब्याजदरमा एक करोडसम्म र इन्धन प्रयोग हुने सवारीसाधन खरिद गर्न ६.८० प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि एक करोडसम्म कर्जा प्रवाह गर्न सकिने बताइएको छ । 

चाडपर्वको समयमा सवारीसाधन तथा घर खरिद गर्नेहरूको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको बैंकको भनाइ छ ।  

सुझावित समाचार