एनआइसी एसिया बैंक र कैलाली हस्पिटल प्रालिबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
हस्पिटलले प्रदान गर्ने कन्सल्ट्यान्ट तथा इमर्जेन्सी ओपिडीका साथै हस्पिटल भर्ना हुँदा जनरल तथा क्याबिन बेडमा उक्त छुट पाउनेछन् । त्यसैगरी आइसियू, एनआइसियू, जनरल सर्जरी, अर्थोपेडिक, गाइनेकोलोजी, ल्याप्रोस्कोपी सर्जरी, प्याथोलोजी टेस्ट, एक्सरे, भिडियो एक्सरे, इसिजी, इको, इन्डोस्कोपीलगायतका सेवामा बैंकका ग्राहकलाई अस्पतालले सेवा हेरी
छुट दिनेछ ।
यो सुविधा लिन भने ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकले स्वास्थ्य उपचारमा विशेष सहयोग लिने बैंकको अपेक्षा छ । साथसाथै, देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा पनि सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।