क्षमता अभिवृद्धि गर्न इस्टपोलको ‘मिस्टर एन्ड मिसेस’ प्रतियोगिता

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

 काठमाडौंको गोकर्णेश्वरमा रहेको इस्टपोल स्कुलले विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिर्जनशीलता विकासका लागि एकदिने ‘मिस्टर एन्ड मिसेस’ प्रतियोगिता आयोजना गरिएको छ । शनिबार नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा ४७ विद्यार्थीले आ–आफ्नो क्षमता प्रस्तुत गरे ।

राष्ट्रिय सभा सदस्य विष्णु पुडासैनीले यस्तो प्रतियोगिताले विद्यार्थीको क्षमता विकास गर्ने र भविष्यको बाटो तय गर्ने बताइन् । प्रतियोगितामा सहभागी विद्यार्थीमध्येबाट उत्कृष्ट विद्यार्थीसमेत चयन गरिएको थियो । निर्णायकमण्डलको टिमले उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीलाई चयन गरेको थियो ।

निर्णायकमण्डलको टिममा वरिष्ठ कलाकार भुवन चन्द, नम्रता श्रेष्ठ, अशोक दाहाललगायत थिए । विद्यार्थीले आफूसँग भएको क्षमता, आफ्नो रुचि र भविष्यमा के बन्ने भन्ने सन्दर्भमा प्रस्तुति दिएको विद्यालयका निर्देशक कुशल थापाले बताए । 

सुझावित समाचार