१३ भदौमा बोलाइयो एमाले केन्द्रीय कमिटी बैठक

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

एमालेले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २० देखि २२ भदौमा ललितपुरको गोदावारीमा आयोजित दोस्रो विधान महाधिवेशन तयारीको सिलसिलामा १३ भदौमा बैठक आह्वान भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल हुनेछ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने ती प्रस्तावमाथि एमालेले १० भदौभित्र सुझाव पठाइसक्न तल्ला कमिटीहरूलाई निर्देशन दिएको थियो । त्यसअनुसार जिल्ला र प्रदेश कमिटीहरूले केन्द्रमा विशेषत: विधान मस्यौदामा केन्द्रित रहेर सुझाव बुझाइरहेका छन् ।

एमालेमा कार्यकारी पदमा ७० वर्षे उमेरहदलाई ६ साउनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदामै नराख्ने गरी हटाएको छ । त्यस्तै, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने बैठकले निर्णय गरेको थियो । एमालेभित्र यी दुवै विषय पेचिलो बनेका छन् । 

See More On

सुझावित समाचार