भंगालनिवासमा विद्याले गरिन् महिला नेतृहरूको जमघट

शनिबार, ७ भदौ, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीसँग दूरी बढिरहेकै वेला शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीले निजी निवास भंगालमा पार्टीसम्बद्ध करिब दुई सय महिला नेतृहरूको जमघट गरेकी छिन् ।

तिज पर्वको अवसर पारेर उनले महिला नेतृहरूलाई दर खुवाउन आमन्त्रण गरेकी थिइन् । त्यही क्रममा पार्टीसम्बद्ध महिला नेतृहरू निमन्त्रणा स्विकार्दै भेला भएका हुन् ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार काठमाडौंमा उपलब्ध एमाले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, जनप्रतिनिधिसहित करिब दुई सय महिला नेतृहरू दर खाने कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति भएको पहिलो वर्षदेखि सुरु भएको दर खुवाउने कार्यक्रमलाई विद्याले निरन्तरता दिएकी हुन् ।

सुझावित समाचार