अनिश्चितकालीन मधेश बन्द घोषणा गर्ने जसपाको चेतावनी

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई विनासर्त तत्काल रिहा नगरे मधेश बन्द गर्ने चेतावनी दिएको हो।

मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डला र बबरमहलमा मसाल जुलुस प्रर्दशन गरिरहेको क्षेत्रबाट जसपाका प्रवक्ता मनिषकुमार सुमनसहितका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेश सभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसाकुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणुराज सिंह लगायतका रहेका जसपा नेपाल मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले बताए।

‘शान्तिपूर्ण विरोध सभाबाट पक्राउ गर्नु गैरलोकतान्त्रिक कार्य हो’ जसपा मधेश प्रदेश अध्यक्ष यादवले भने, ‘आन्दोलनकारीहरूलाई तत्काल रिहा गर्न माग गर्दछौँ, नत्र बन्दबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुने छ।

सुझावित समाचार