नेकपा एमालेले आफ्नाे संसदीय समितिको कार्यालयमा सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइरहेको छ । उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग गराउने तयारीस्वरूप सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।
महाधियोगका लागि १ बजेभित्र संसदमा दर्ता गराइसक्नुपर्ने भएकाले हस्ताक्षर प्रक्रिया अघि बढेको सांसदहरूले बताएका छन् । नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई संसदीय समितिको कार्यालयमा हस्ताक्षरका लागि बोलाएको जनाइएको छ ।
महाभियोग प्रस्ताव पास हुन दुईतिहाइ सांसदको हस्ताक्षर चाहिने भए पनि दर्ताका लागि एकचौथाइ सांसद भए पुग्ने भएकाले कांग्रेस–एमाले सोहीअनुरूप तयारीमा जुटेको जनाइएको छ ।