गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतको परमादेश

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको थियो । 

२०६३ सालको ७ चैतमा रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जुन घटनामा हालसम्म अनुसन्धान हुन सकेको छैन ।  
 

सुझावित समाचार