नेप्सेका सबै सूचकमा गिरावट, साढे सात अर्बभन्दा बढीको कारोबार

आइतबार, १ भदौ, २०८२
डिजिटल संस्करण

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २७.१४ अंकले घटेर दुई हजार ७६१.२२ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेको छ।

आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार कित्ता सेयर सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको मूल्य घटेको छ।

नेप्सेका १३ वटै समूहमा आज गिरावट आएको छ। बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले घटेका हुन्। बाँकी समूह एक प्रतिशतभन्दा कमले गिरावट भएका छन्।

आइतबार अपर स्याङ्जे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। उक्त कम्पनी ६.२९ प्रतिशतले बढ्दा कालिका पावर र अपर हेवाखोलाका लगानीकर्ताले पाँच  प्रतिशतभन्दा धेरै कमाएका छन्।

आज सर्वाधिक गुमाउनेमा सम्पदा लघुवित्तका लगानीकर्ता छन्। उक्त कम्पनी ७.०६ प्रतिशतले घट्दा ट्रेड टावर र ग्रिन डेभलपमेन्ट बैंक क्रमशः पाँच र चार प्रतिशतभन्दा धेरैले घटेका छन्।

सुझावित समाचार