चितुवाको छालाजस्तो देखिने (आखेटोपहार)सहित एकजना पक्राउ

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

दार्चुलाको सैन्यशिखर नगरपालिका– ३ बाट चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्कलेस्थित गोकुलेश्वर–मार्मा  सडकखण्डको छेउमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा बैतडीकाे पुर्चौडी नगरपालिका– ७, ऐर गाउँ बस्ने वर्ष ५० का भानसिंह ऐरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथमा रहेको कालो झोलालाई शंकास्पद मानी  गोकुलेश्वर दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त झोलाभित्र  चितुवाको जस्तो देखिने छाला बरामद गरी कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार