रिडी–तम्घास सडक अवरुद्ध

बिहिबार, २९ साउन, २०८२
डिजिटल संस्करण

 मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरु क्षेत्र गाउँपालिका– ३ स्थित बाख्रेभिरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने छ । यो सडक नखुलेसम्म पानीट्यांकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न  उनले अनुरोध गरेका छन् । 

सुझावित समाचार