कारागार स्थानान्तरणको अनुमति पाउँदा पनि रविलाई स्थानान्तरण नगर्नु अनुचित : लिङ्देन

मंगलबार, २७ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जिल्ला कारागार रुपन्देही पुगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

मंगलबार राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीद्वारा भैरहवामा आयोजित कार्यकर्ता भेलामा सहभागी हुन आएका लिङ्देन जिल्ला कारागार पुगी लामिछानेलाई भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग अध्यक्ष लिङ्देनले सन्चो - बिसन्चो, बसाइको सुविधा असुविधा, केही राजनैतिक, केही निर्वाचनसम्बन्धी र केही राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको बताए।

‘यो तहको नेता कारागार बस्दा र कारागार अन्यत्र सार्छु भनी अदालतबाट समेत अनुमति लिँदा बेवास्ता गरी राख्नु ठिक भएन। यस्तो वेलामा त गृहमन्त्री स्वयंले कहाँ राख्दा सहज हुन्छ भनेर समन्वय गर्नुपर्ने हो। तर, गरिएको पाइएन । यो कार्य अनुचित लागेको छ,’ अध्यक्ष लिङ्देनले भने।  

सुझावित समाचार