रवीन्द्र ढाट र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरको सम्मान

मंगलबार, २७ साउन, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।

यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ। खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ।

सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको महानगरले जनाएको छ।

सुझावित समाचार