नवीन के भट्टराईको ‘पागल भइसकेँ’को म्युजिक भिडियो सार्वजनिक

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण

गायक नवीन के भट्टराईको नयाँ गीत ‘पागल भइसकेँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सन्दीप डंगोलको शब्द तथा संगीतमा नवीनले आफ्नो फरक शैलीको गीत प्रस्तुत गरेका छन्। गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन्।

एलोन गुरुङ्गको निर्देशन रहेको गीतको भिडियोमा कलाकारहरू लोप्साङ पी तामाङ र शिवाली श्रेष्ठको अभिनय छ। भिडियोमा नवीनसहित उनको ब्यान्ड अतृप्त पनि फिचर गरिएको छ। 

पछिल्लो समय फरक प्रकारका गीतहरू सिर्जना गरिरहेका नवीनले आफ्ना हरेक गीतहरूमा शब्द तथा संगीतलाई विशेष ख्याल गर्ने गरेको बताउँछन्। यो गीतले पनि आफ्ना पुराना गीत संगीतहरूजस्तै दर्शक तथा स्रोताहरूलाई झुमाउने आशा नवीनले राखेका छन्।

गीतलाई उनको आफ्नै अफिसियल युट्युबबाट पनि हेर्न र सुन्न सकिन्छ।

सुझावित समाचार