मेलिना राई र करण परियारको ‘सारी लाउन’ गीत सार्वजनिक

सोमबार, २७ साउन, २०८२
डिजिटल संस्करण

गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोचसमेत रहेकी मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत छ।

गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। नेपाली टिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ। गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय छ।

सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ। भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

सुझावित समाचार