टिभिएस रोनिन २२५ को २०२५ संस्करण सार्वजनिक

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण

नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा टिभिएस रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । 

कम्पनीले टिभिएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लू’ रङमा सार्वजनिक गरेको हो । यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन र आधुनिक राइडर–केन्द्रित सुविधाका कारण मोटरसाइकलप्रेमीको ध्यान तानेको कम्पनीको दाबी छ । भृकुटीमण्डपमा जारी एक्स्पोको हल ‘बी’को स्टल ‘एल–३ ए’मा प्रदर्शन गरिएको यस मोटरसाइकल सहरभित्रको दैनिक यात्रादेखि एड्भेन्चर यात्रालाई उपयुक्त बनाउने कम्पनीले जनाएको छ ।

स्मार्ट फोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिन, डुअल–च्यानल एबिएस मोडहरू, अपसाइड डाउन (युएसडी) फ्रन्ट फोर्क, एड्जस्टेबल लिभरलगायत फिचरको यस मोटरसाइकलको प्रारम्भिक मूल्य चार लाख ५९ हजार नौ सय तोकिएको छ । 

सुझावित समाचार