एनपिएलको दोस्रो संस्करणको अक्सनमा थपिए १४ खेलाडी

शनिबार, २५ साउन, २०८२
डिजिटल संस्करण
एनपिएलको दोस्रो संस्करणको अक्सनमा थपिए १४ खेलाडी

तस्बिर : दीपेन्द्र ढुंगाना

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका निम्ति सुरु भएका अक्सनमा १४ जना थपिएका छन्।

अक्सनमा तीन क्याटागोरी छन्। जसअनुसार क्याटागोरी ‘ए’ मा ९जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो। तर, पछि १४ खेलाडी थपिएका हुन्।

अक्सन शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको छ। आज प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन्। 

प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ। तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन।

सुझावित समाचार