सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिहिबार, २२ साउन, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३०५  रुपैयाँमा काराेबार भएको थियो ।

सुझावित समाचार