प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे सिफारिस

बुधबार, २२ साउन, २०८२
डिजिटल संस्करण

प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन्। न्यायपरिषद्को आज बुधबारको बैठकले डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष नियुक्त गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

घिमिरेले प्रशासकीय अदालत ऐन, २०७६ को दफा ३ को उपदफा (१)को खण्ड (क)बमोजिम नेपाल न्याय सेवा, राजपत्र विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता) पदमा काम गरिसकेका परिषद्ले जनाएको छ।

सुझावित समाचार