३८ हजार नक्कली नोटसहित दुईजना पक्राउ

बुधबार, २१ साउन, २०८२
डिजिटल संस्करण

नक्कली नोटसहित सुनसरीको कोशी गाउँपालिका–८ बाट दुईजना पक्राउ परेका छन्।

नेपाली रुपैयाँ एक हजार दरका ३८ थान नक्कली नोटसहित सप्तरीको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र हनुमान कंकालिनी–२ का २५ वर्षीय राजेशकुमार रजक पक्राउ परेकाे सुनसरी प्रहरीले जनाएको छ।

उनीहरूलाई १९ साउनको राति इलाका प्रहरी भान्टाबारीको टोलीले चेकजाँचका क्रममा लु ९२ प २३८० नम्बरको मोटरसाइकलको पछाडि नक्कली नोट लुकाएर राखेको अवस्थामा पक्राउ गरेको हो। 
 

सुझावित समाचार