कर्णाली प्रदेशको छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

बुधबार, २१ साउन, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्  बैठकले  यस्तो निर्णय गरेको हो ।

बैठकले सर्वोच्च अदालतको ०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न संघीय  सरकारसमक्ष सिफारिस गर्नेसमेत निर्णय भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए। 

सुझावित समाचार