कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन सभामा पेस

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण
कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन सभामा पेस

फाइल तस्बिर

संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ। लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिका सभापति जीवन परियारले सभामा प्रस्तुत गरेका हुन्।

सभामा प्रस्तुत गर्नुअघि आजै समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको थियो। यो प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ।

छानबिन समितिमा कांग्रेसका सांसद परियार सभापति छन् भने सदस्यहरूमा कांग्रेसकी सुशीला थिङ, एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन्। यसैगरी, प्रतिपक्षबाट माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की सदस्य छन्।

सुझावित समाचार