केरुङ–रसुवागढी नाका सञ्चालनमा ल्याउन सरकारले पहल गर्नुपर्छ : बर्तौला

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढीपहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागढी–केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताए। तातोपानी नाकाबाट प्रत्येक दिन आठ–दशवटा कन्टेनर नेपालतर्फ आउने–जाने अवस्था रहेको उनको भनाइ थियो ।
 
प्रमुख सचेतक बर्तौलाले भने, ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरू पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रूपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

सुझावित समाचार