कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक गर्ने तयारी

सोमबार, १९ साउन, २०८२
डिजिटल संस्करण

कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार केहीबेरमा नतिजा प्रकाशन हुनेछ। ‘केही प्राविधिक काम बाँकी छन्, एक घण्टामा लगभग सबै तयारी पूरा हुन्छ, त्यसपछि नतिजा प्रकाशन हुन्छ,’ उनले भने, ‘नतिजा बोर्डको वेबसाइटबाट हेर्न सकिनेछ।’

बोर्डले गत २१ वैशाखदेखि परीक्षा सुरु गरेको थियो। परीक्षामा करिब पाँच लाख विद्यार्थी सामेल भएका थिए।

सुझावित समाचार