मुख्यमन्त्री लामाको तर्फबाट प्रदेश प्रमुखलाई राजीनामा पेस

सोमबार, १९ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।

प्रमुख स्वकीय लामाले सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् । 

सोमबार बहादुरको तर्फबाट उनका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् । 

लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

सुझावित समाचार