कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

आइतबार, १८ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुखलाई तोकेका छन्।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ मलेसिया भ्रमणमा गएकाले नेपाल सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीलाई दिइएको हो। खापुङ आज आइतबारदेखि सुरु नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

सुझावित समाचार