सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

शुक्रबार, १७ साउन, २०८२
डिजिटल संस्करण

सुनसरीको इटहरी उपमहानगरपालिका– १८, डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको छ ।

आज साँझ करिब ६ बजे आफ्नै माछापोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपत् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।


सो टोलीले साँझ करिब ७ः३० बजे चाैधरीलाई मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए ।

सुझावित समाचार