खडेरीले आक्रान्त मधेश प्रदेशमा सरकारले कुनै राहत उपलब्ध नगराएपछि युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सुक्खा प्रभावित किसानलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गर्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
2025-08-01-06-55-07.jpeg)
साउन आधा बितिसक्दा पनि यस वर्ष मधेशमा मनसुन सक्रिय भएको छैन । जसकारण अन्नको भण्डार मानिने तराई मधेशमा धान रोपाइँ मात्र प्रभावित भएको छैन, खानेपानीको समेत हाहाकार मच्चिएको छ।
2025-08-01-06-55-26.jpeg)
विगत वर्षमा साउन दोस्रो सातासम्म ९२ देखि ९५ प्रतिशतसम्म रोपाइँ सकिने गरेकोमा यसपटक ५१ प्रतिशत मात्रै रोपाइँ भएको छ। रोपाइँ भएको आधा क्षेत्रफल पनि सुक्खाका कारण धाँजा फाटेको छ, धान सुक्न थालेको छ।
2025-08-01-06-55-42.jpeg)
तराई–मधेश जोगाउन चुरे संरक्षण गर्नुपर्ने भन्दै उनीहरूले ‘सेभ तराई, सेभ चुरे’, ‘चुरे खायो डोजरले, फाइदा खायो ब्रोकरले’जस्ता नारा लगाएका थिए। तत्काल राहत उपलब्ध गराउन माग गर्दै उनीहरूले सरकारलाई प्रश्न गरेका छन्– वर्षभरि के खाने ?2025-08-01-06-55-57.jpeg)
2025-08-01-06-56-48.jpeg)
2025-08-01-06-56-40.jpeg)
2025-08-01-06-56-28.jpeg)