ट्रम्प आएपछिको ६ महिनामा अमेरिकाले भन्सारबाट उठायो अभूतपूर्व ८७ अर्ब डलर

शुक्रबार, १६ साउन, २०८२
डिजिटल संस्करण

अमेरिकी ट्रेजरीको एक तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकाले २०२५ को पहिलो ६ महिनामा सन् २०२४ मा उठाएकोभन्दा बढी भन्सार राजस्व उठाएको एएफपीले जनाएको छ ।

बुधबार प्रकाशित पछिल्लो मासिक तथ्यांकअनुसार जुनको अन्त्यसम्ममा अमेरिकाले भन्सारबाट ८७ अर्ब डलरभन्दा बढी आम्दानी गरेको छ । सन् २०२४ को १२ महिनाको अवधिमा जम्मा ७९ अर्ब डलर रकम राजस्वबाट उठेको थियो । 

अमेरिकामा एक वर्षभरिमा सबैभन्दा धेरै भन्सार राजस्व सन् २०२२ मा ९८ अर्ब डलर उठेको थियो । पछिल्लो तथ्यांकअनुसार जुन महिनामा मात्र २६.६ अर्ब डलर भन्सार राजस्व उठेको छ, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको जनवरी उठेको राजस्वभन्दा चार गुणा बढी हो । 

ट्रम्पले गत अप्रिलमा सबै देशबाट आयात हुने सामानमाथि १० प्रतिशतको भन्सार लागू गरेका थिए । त्यस्तै उनले अगस्ट १ सम्म व्यापारिक सम्झौतामा नआउने देशमाथि उच्च भन्सार दर तोकेका छन् । अगस्ट १ देखि अमेरिका भित्रिने सामानमा ११ प्रतिशतदेखि ५० प्रतिशतसम्मको कर पनि लागू हुनेछ । 

See More On

सुझावित समाचार