नेप्से ३१.५० अंकले घट्यो

बिहिबार, १६ साउन, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजारबराबरको कारोबार हुँदा नेप्सेको पुँजीकरणसमेत १.०६ प्रतिशतले घटेको हो ।

नेप्सेमा आज भएको सेयर कारोबारमा १९८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भयो भने ५२ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भएको छ ।

आजको सेयर कारोबारमा ट्रेड टावर लिमिटेडको सेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

बिहीबार नेप्सेमा वित्तबाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ ।

See More On

सुझावित समाचार