एनआइसी एसिया बैंकले सेयर धितो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआइसी एसिया अठोट लोन अगेन्स्ट सेयर’ कर्जा योजना सार्वजनिक गरेको होे ।
ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर एक सय ८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यसका लागि सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपछि तीन कार्यदिनभित्रै कर्जा उपलब्ध गराइने बताइएको छ । साथै, कर्जासम्बन्धी गुनासो वा गुनासो सुने बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।