वाल्मीकि विद्यापीठमा विद्यार्थी हितका लागि नेविसंघको पहल

शनिबार, १० साउन, २०८२
डिजिटल संस्करण

वाल्मीकि विद्यापीठका विद्यार्थीहरूका गुनासालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ वाल्मीकि इकाइका सभापति अनुराग उपाध्याय न्यौपानेले  विद्यार्थी हितमा महत्त्वपूर्ण कदम चालेको छ।

नेविसंघले क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति नियमित र पारदर्शी बनाउन प्राविधिक हाजिरी प्रणालीसहित सिसिक्यामेरा जडान गराउनुपर्ने माग राख्दै क्याम्पस प्रमुखलाई आधिकारिक विज्ञप्ति बुझाएको छ।

नेविसंघका अनुसार यी मागहरू कार्यान्वयन भएमा शैक्षिक गुणस्तरमा सुधार आउने र विद्यार्थीले पाउने शैक्षिक सेवामा पारदर्शिता कायम हुने अपेक्षा गरिएको छ।

See More On

सुझावित समाचार