स्कुटर दुर्घटनामा नमोबुद्धका पूर्वमेयर शर्मा गम्भीर घाइते

शनिबार, १० साउन, २०८२
डिजिटल संस्करण

 काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बिपी राजमार्गमा  स्कुटर दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद तिमल्सिना टिपी शर्मा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नमोबुद्ध नगरपालिका–२ बिस किलो  स्थित बिपि राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडाैंतर्फ जाँदै  गरेको बा ६२ प ३५७८  नं. को स्कुटरले बिपरित  दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिँदा ७२ वर्षीय शर्मा गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार नमोबुद्ध –२ का ४६ वर्षीय किशोर तिमल्सिनाले चलाएको स्कुटरमा बुबा शर्मा पछाडि सवार थिए । घाइते शर्माको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएका छन्। 

स्कुटरचालक तिमल्सिना सामान्य घाइते भएको छ। त्यसरी नै अर्का स्कुटरचालक जिल्ला दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रे जिल्ला रोशी गाउँपालिका–८ बस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाइएको छ।  ठक्कर दिने चालक र स्कुटर प्रहरीको नितन्त्रणमा रहेको प्रहरीले जानकारी दिए।

सुझावित समाचार