आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ।
गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान र आशान्त शर्माको अभिनय देख्न सकिन्छ। गीतमा गायिका सलिना बिकेले स्वर दिएकी छिन् भने नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ।
फिल्मको यसअघि ‘जाम त भने कुन बाटो जाम त’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ। निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मीरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
वेज प्रालि प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेडाईं र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।
शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ। ‘ताराहरू’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ।