सामान्य अंकले बढ्यो नेप्से

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

साताको अन्तिम सेयर बजार बढेर बन्द भएको छ । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो । बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १२३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको छैन । ३२८ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५४ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।

१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फन्ड समूह बढेको छ ।

See More On

सुझावित समाचार